हेटौंडाः भीमफेदी कारागारको क्वारेन्टाइनमा बसेकाहरुको आज र्यापिड डाइगोनोस्टिक टेस्ट (आरडीटी) माध्यमबाट कोरोनाको परीक्षण भएको छ । भीमफेदी गाउँपालिकाले कारागारको क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण गरेको गाउँपालिकाका स्वास्थ्य शाखका प्रमुख रामनाम थिङले जानकारी दिनुभयो । कारागारको क्वारेन्टाइनमा बसेका ८ जनाको परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
हालसम्म भीमफेदी गाउँपालिकामा १ सय २६ जनाको आरडिटी माध्यमबाट परीक्षण भएको छ । जसमा १ जनामा आरडिटी पोजेटिभ देखिएको छ भने अन्य बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामनाम थिङले जानकारी दिनुभयो । गाउँपालिकामा हालसम्म कसैको पनि पिसिआर विधिबाट कोरोनाको परीक्षण नभएको उहाँले बताउनुभयो ।