हेटौंडाः लकडाउनको समयमा यहि असार ६ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । पतन्जली योग जिल्ला समिति मकवानपुरको आयोजनामा रक्तदान कार्यक्रम हुने भएको हो ।

लकडाउनमा भौतिक दुरी कायम गरी स्वास्थ्य सुरक्षा अपनाएर रक्तदान कार्यक्रम, रक्तसञ्चार केन्द्र हेटौंडा शाखामै गरिने पतन्जली योग समितिका अध्यक्ष रामकृष्ण थापाले बताउनुभयो । छैठौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।