हेटौँडाः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५ रातोमाटे चेकपोष्टबाट मकवानपुर प्रहरीले २२ क्विन्टल अवैध प्याज बरामद गरेको छ ।

सुचनाको आधारमा शुक्रबार दिउँसो १२ बजेर ३५ मिनेटको समयमा वीरगन्जबाट हेटौँडा आउँदै गरेको प्र २ ०३–००१ च ३३०४ नम्बरको बोलेरो गाडीलाई सुरक्षाजाँच गर्दा २२ क्विन्टल अवैध प्याज बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । बोलेरोबाट ८८ हजार रुपैयाँ बराबरको प्याज बरामद भएकोले बोलेरो चालक र सह–चालकसहित गाडिलाई राजस्व कार्यालय पथलैया पठाइएको प्रहरीले जानकारी दिएको छ ।