कराते प्रतियोगितामा मेडल वितरण गरेपछि सामुहिक तस्विर खिचाउदै ।

हेटौंडाः १४ औं संस्करणको मकवानपुर जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताअन्तर्गत् सितोरियो कराँते प्रतियोेगिता सम्पन्न भएको छ । शुक्रबार नेपाल सितोरियो कराँते संघ मकवानपुरको अध्यक्ष दीपकबहादुर तामाङको सभाध्यक्ष तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गीको प्रमुख आतिथ्यमा कराँते प्रतियोगिता सम्पन्न भएको हो ।

हेटौंडा–४, पारिजातपथस्थित बहुउद्देशीय कभर्ड हलमा जिल्ला छनोट कराँते प्रतियोगिता सम्पन्न भएको हो । पुरुषतर्फको ४२ केजी तौल समूहबाट थाहा नगरपालिकाका करुण गमाल प्रथम, हेटौंडा उपमहानगरपालिकाका कपिल डिम्डुङ द्वितीय, बागमती गाउँपालिकाका प्रविन लोप्चन र बकैया गाउँपालिकाका रोज भोम्जन तृतीय भएका छन् ।

४८ केजी तौल समूहबाट बागमती गाउँपालिकाका विराज स्याङ्तान प्रथम, बकैया गाउँपालिकाका अमन घलान द्वितीय, थाहा नगरपालिकाका सुशान्त दोङ र हेटौंडा उपमहानगरपालिका साजन थिङ तृतीय भएका छन् । यस्तै, ५२ केजी तौल समूहबाट बकैया गाउँपालिकाका राज भोलन प्रथम, बागमती गाउँपालिकाका विकास दोङ द्वितीय, थाहा नगरपालिकाका अभिमन्यु गोले र हेटौंडा उपमहानगरपालिकाका रोहित रुम्बा तृतीय भएका छन् ।

५७ केजी तौल समूहबाट हेटौंडा उपमहानगरपालिकाका सोमराज पाख्रिन प्रथम, बकैया गाउँपालिकाका छोइसाङ थोकर द्वितीय, मकवानपुरगढी गाउँपालिकाका प्रतीक दोङ र थाहा नगरपालिकाका नवीन गोपाली तृतीय भएका छन् । पुरुषतर्फको अन्तिम ६२ केजी तौल समूहबाट हेटौंडा उपमहानगरपालिकाका एस नेपाल प्रथम, बकैया गाउँपालिकाका प्रभाकर भोम्जन द्वितीय र थाहा नगरपालिकाका सुमन अधिकारी तृतीय भएका छन् ।

कातातर्फ पुरुषमा बकैया गाउँपालिकाका आयुष स्याङ्तान प्रथम, थाहा नगरपालिकानका सुशान्त दोङ द्वितीय, बागमती गाउँपालिकाका कुश लोप्चन र हेटौैंडा उपमहानगरपालिकाका दिप्सन लामा तृतीय भएका छन् । महिलातर्फको कातामा हेटौंडा उपमहानगरपालिकाकी रसना गोङ्बा प्रथम, बागमती गाउँपालिकाकी अनुष्का लोप्चन द्वितीय, बकैयाँ गाउँपालिकाकी दीपिका स्याङ्तान र थहा नगरपालिकाकी सञ्जिता गोले तृतीय भएकी छिन् ।

महिलातर्फको ४० केजी तौल समूहबाट थाहा नगरपालिकाकी सुशीला दोङ प्रथम, बागमती गाउँपालिकाबाट अस्मी लोप्चन द्वितीय, इसा बुढाथोकी र बकैया गाउँपालिकाबाट प्रीति थिङ तृतीय भएकी छिन् । यस्तै, ४५ केजी तौल समूहबाट बकैया गाउँपालिकाकी प्रमिला थिङ प्रथम, हेटौंडा उपमहानगरपालिकाकी सुरक्षा मैनाली द्वितीय, थाहा नगरपालिकाकी रञ्जिता गोले र बागमती गाउँपालिकाकी प्रविसा पाख्रिन तृतीय भएकी छिन् ।

५० केजी तौल समूहबाट बकैया गाउँपालिकाकी डोल्मा भोम्जन प्रथम, थाहा नगरपालिकाकी रिभु खत्री द्वितीय, हेटौंडा उपमहानगरपालिकाबाट डोल्मा स्याङ्तान र बागमती गाउँपालिकाबाट सुशीला थोकर तृतीय भएकी छिन् । यस्तै, ५५ केजी तौल समूहबाट हेटौंडा उपमहानगरपालिकाकी रसुना गोङ्बा प्रथम, बागमती गाउँपालिकाकी रविना स्याङ्तान द्वितीय र बकैया गाउँपालिकाकी सलिना माझी तृतीय भएकी छिन् । महिलातर्फको अन्तिम ६० केजी तौल समूहबाट हेटौंडा उपमहानगरपालिकाकी सुशीला श्रेष्ठ प्रथम, बकैया गाउँपालिकाकी रवीना माझी द्वितीय, थाहा नगरपालिकाकी सोना बलामी र मकवानपुरगढी गाउँपालिकाकी आकृति पुलामी तृतीय भएकी छिन् ।

प्रतियोगितामा थाहा नगरपालिका, हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी गाउँपालिका, बागमती गाउँपालिका र बकैया गाउँपालिकाका करिब ६० जना खेलाडीहरुको सहभागिता रहेको थियो । महिलातर्फ ४२ केजीदेखि ६० केजी तौलसम्मका र पुरुषतर्फ ४० देखि ६२ केजी तौलसम्मका खेलाडीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रत्येक तौल समूहमा प्रथम हुने खेलाडीहरुलाई जिल्ला खेलकुद विकास समितिको नेतृत्वमा १५ दिन बन्द प्रशिक्षणमा राखेर प्रदेशस्तरीय प्रतियोगिता सहभागी गराउने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधव कोइरालाले जानकारी दिनुभएको छ । यसअघि जिल्लाबाट छनोट भएका खेलाडीहरुलाई एक सातामात्र बन्द प्रशिक्षण राखिएको थियो । प्रतियोगिताअन्तर्गत् शनिबार तेक्वान्दो, एथ्लेटिक्स, कबड्डीलगायतको खेलहरु हुनेछ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः स्वर्ण, रजत र कास्य पदकसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट महिला हेटौंडा उपमहानगरपालिकाबाट लक्ष्मी श्रेष्ठ र पुरुष बकैया गाउँपालिकाका राज भोलन घोषित भएका छन् । कराँते प्रतियोगिताको समापन कार्यक्रममा नेपाल कराँते महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख कोइराला, जिल्ला रेफ्री संयोजक विष्णुभक्त लामा, मधेश प्रदेश प्रशिक्षक सुरेन्द्र श्रेष्ठ, कराँते प्रशिक्षक नरेन्द्र श्रेष्ठ, तुकेन्द्रमान श्रेष्ठ, मुकेन्द्र श्रेष्ठ र सुरेन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।