हेटौँडाः महिलामाथि जबर्जस्तीकरणीको अभियोगमा पक्राउ परेका ईन्द्रप्रसाद बञ्जाराले सफाई पाएका छन् । २०७९ साल चैत ३० गते पक्राउ परेका बञ्जाराविरुद्ध जबर्जस्तीकरणीको दावी नपुगेको भन्दै मकवानपुर जिल्ला अदालतका न्यायाधीश श्रीप्रसाद सञ्जेलले मंगलबार बञ्जारालाई सफाई दिएको हो ।

गत बैशाख २१ गते बञ्जाराविरुद्ध जबर्जस्तीकरणीको अभियोगमा जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । बञ्जारा भीमफेदी काराकारमा पुर्पक्षका लागि थुनामा छन् । अदालतको आदेशसँगै बञ्जारा थुनामुक्त हुनेछन् ।