हेटौंडाः हेटौंडा–९, पशुपलिनगरमा रक्तदान कार्यक्रम भएको छ । आइतबार भएको रक्तदान कार्यक्रममा १४ जनाले रक्तदान गरेका छन् ।
महर्जन परिवारको आयोजनामा भएको कार्यक्रममा ४ जना महिला र १० जना पुरुषले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । स्व.सन्तोषी मैया महर्जनको १९ औं स्मृति दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्रको प्रविधिक सहयोग रहेको थियो । यस्तै, मंगलबार पतञ्जली, मकवानपुरको आयोजनामा हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम रहेको बताइएको छ ।