हेटौंडाः जेसीआई हेटौंडाको पदस्थापना सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमबीच ४६ औं स्थापना दिवससँगै पदस्थापना गरिएको हो ।
जेसीआई वर्ष २०२४ को अध्यक्षमा निर्वाचित हुनुभएका विकेशलाल श्रेष्ठलाई इमानदारीपूर्वक काम गराउन सपथग्रहण गराइएको छ । कार्यक्रममा जेसाआईलाई विभिन्न माध्यमबाट सहयोग गर्ने १ सय ५० जनाभन्दा बढी प्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष श्रेष्ठले आफ्नो जिम्मेवारी इमान्दारपूर्वक निर्वाह गर्ने बताउनुभयो । उहाँले वर्ष २०२४ मा अध्यक्षको पदमा निर्वाचित गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले पदस्थापित पदाधिकारीलाई पदीय जिम्मेवारी जिम्मेवारी पूरा गर्न आग्रह गनुृभयो । वर्ष २०२४ को सबै पदमा निर्वाचित पदाधिकारीलाई उहाँले सफल कार्यकालको शुभकामना दिनुभयो । जेसीआई हेटौंडाको वर्ष २०२३ का अध्यक्ष श्रवणकुमार बर्तौलाको सभाध्यक्ष तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति बानियाँको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन भएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण अग्रवाल, उपाध्यक्ष उज्ज्वल चौलागाईं, बसामाडी जेसीजका निवर्तमान अध्यक्ष जनक भण्डारी, प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ, हेटौंडा ९ का वडा अध्यक्ष सुकराम केसीलगायतको आतिथ्य थियो ।