रेफ्रीलाई बल हस्तान्तरण गरी बकैया कप फुटबल प्रतियोगिताको उद्घाटन गरिँदै ।

हेटौंडाः पाँचौं बकैया कप फुटबल प्रतियोगिता मंगलबारबाट सुरु भएको छ । प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले उद्घाटन गर्नुभएको हो ।

प्रतियोगितामा बकैया–३ ले विजयी सुरुवात गरेको छ । बकैया गाउँपालिका वडा नम्बर ३ स्थित बकैया रंगशालामा भएको उद्घाटन खेलमा बकैया–३ विजयी भएको हो । बकैया–३ ले बकैया–६ लाई ४–३ गोल अन्तरले हराएको हो ।

खेलमा बकैया–३ का छेवांग लामा र आयुश नेगीले २–२ गोल गरेका छन् भने सागर थापाले एक गोल गरेका छन् । बकैया–६ का धावा भोम्जन र समिर प्रधान एक–एक गोल गरेका छन् । खेलमा उत्कृष्ट प्रर्दशन गर्दै बकैया–६ का समिर प्रधान म्यान अफ द म्याच घोषित भएका छन् ।

प्रतियोगिताको उपाधि विजेता सिनियर टिमले १ लाख रुपैयाँ र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, उपाधि विजेता जुनिएर टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीहरुका लागि समेत पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको सबै खेल हेटौंडा स्पोर्टस्बाट प्रत्यक्ष प्रसारण हुने बकैया गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष विजय लामा थिङले जानकारी दिनुभयो ।