हेटौँडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको १९औं स्थापना दिवसको अवसरमा भाखा नाघेको ऋण व्यवस्थापन कानुनी उपचारसम्बन्धी अन्तरक्रियाको आयोजना गरिएको छ । हेटौँडास्थित रोयल पार्टी प्यालेसमा अन्तरक्रिया जारी छ ।
संघकी अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको अन्तरक्रियामा संघकी व्यवस्थापक सुमित्रा वाईबाले संघको वस्तुस्थिति बारे जानकारी गराउनु भएको छ । व्यवस्थापक वाईबाका अनुसार मंसिर मसान्तसम्ममा संघको सदस्य एक सय ३६ सदस्य संस्था रहेको छ । संघको सेयर पुँजी चार करोड ४८ लाख रुपैयाँ रहेको छ भने बचत संकलन ९६ करोड ५२ लाख रुपैयाँ रहेको छ। संघले १५ करोड ८१ लाख रुपैयाँ ऋण लगानी गरेको छ ।
अन्तरक्रियामा प्रारम्भिक सहकारीका अध्यक्ष र व्यवस्थापकको सहभागिता रहेको छ । अन्तरक्रियामा सहभागी बीच भाखा नाघेको ऋण असुलीको अभ्यासमा आधारित भएर छलफल गरिने संघकी अध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिनुभएको छ ।
यसअघि संघको स्थापना दिवसको अवसरमा एचआईभी संक्रमित बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ। एचआईभी संक्रमित बालबालिकाको संरक्षण गर्दै आएको मकवानपुर महिला समूहमा पुगेर न्यानो कपडा वितरण गरिएको हो ।