नवनिर्वाचित अध्यक्षसहित कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षहरु ।

हेटौँडाः जेसीआई हेटौँडा लेडीको अध्यक्षमा सजिता केसी निर्वाचित हुनुभएको छ । शुक्रबार हेटौँडामा सम्पन्न साधारणसभाबाट सर्वसम्मत सजिता अध्यक्ष चयन हुनुभएको हो ।

यस्तै कार्यकारिणी उपाध्यक्षमा सरस्वती केसी थिङ र नम्रता श्रेष्ठ चयन हुनुभएको छ भने उपाध्यक्षमा रन्जु पुडासैनी, पबित्रा (मिना) गुरुङ, सलोनी बाटाजु र सुनिता लुईटेल चयन हुनुभएको छ । जेसीजको अन्य पद मनोनित हुनेछ । जेसीजमा एक वर्षे कार्यकाल रहनेछ ।