गुगल तस्विर ।

हेटौंडाः विभिन्न घटनामा एकै दिन काभ्रेपलाञ्चोक र दोलखामा ३ जानको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिका–१ मा हिटरको कारण एकजना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८१ वर्षीया असनी लामा रहको प्रहरीले जानकारी दिएको छ ।

लामा सोमबार बेलुका खाना खाई सुतेकोमा मंगलबार बिहान ८ बजेसम्म नउठेपछि ढोका खोली हेर्दा बेहोस अवस्थामा फेला परेकी थिईन् । लामालाई उपचारका लागि धुलिखेल अस्पताल लगेकोमा डाक्टरले मृत घोषण गरेको प्रहरीले जानकारी दिएको छ । अनुसन्धानको क्रममा वृद्धा हिटर बाली झ्याल ढोका बन्द गरी सुतेको भन्ने बुझिएको प्रहरीले जानकारी दिएको छ ।

दोलखा जिल्लाको बैतेश्चर गाउँपालिका–५ मा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतेश्चर गाउँपालिका–४ मैनापोखरी बजारका ४८ वर्षीय निपन दाहाल रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार दिउँसो १ बजेको समयमा मैनापोखरी मन्दिरमा जात्रा हेर्ने क्रममा दाहाल बेहोस भएका थिए । दहाललाई उपचारका लागि जिल्ला अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।

दोलखा जिल्लाको कालिन्चोक गाउँपालिका–९, दुमकोटमा बाटोमा लड्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोहि स्थानका ५४ वर्षीय बिर्ख बहादुर थामी रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार बजारबाट घर आउने थामी बाटोबाट ६ मिटर तल खसेर घाइते भएका थिए । घाइते थामीलाई उपचारका लागि धुलिखेल अस्पताल भिमेश्वर लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।