तस्बीरः गुगल ।

हेटौंडाः अखिल नेपाल फुटबल संघ (एन्फा) ले दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको साफ च्याम्पियनसीय यु–१९ र यु–१६ फुटबल प्रतियोगिताका लागि महिला टिम छनोट गर्न अनुरोध गरेको छ । बुधबार एन्फा महासचिव किरण राईले एक सूचना प्रकाशन गर्नुहुँदै साफ च्याम्पियनसीय यु–१९ र यु–१६ फुटबल प्रतियोगिताका लागि महिला टिम छनोट गर्नु अनुरोध गर्नुभएको हो ।

माघ १८ गतेदेखि २८ गतेसम्म हुन लागेको यु–१९ मा र फागुन १८ गतेदेखि २८ गतेसम्म हुन लागेको यु–१६ प्रतियोगिताको पहिलो चरणको जिल्ला छनोट कार्यक्रममा एन्फासँग आवद्ध भएका ४८ वटा जिल्लाहरुले सहभागी जनाउन पाउने छन् ।

एन्फामा आवद्ध भएका जिल्ला फुटबल संघहरूलाई आ–आफ्नो जिल्ला अन्तर्गतका क्लब, विद्यालय तथा क्याम्पसहरूमा रहेका विद्यार्थीहरुको उमेर अनुसार १९ वर्ष तथा १६ वर्ष मुनी भएका युवा महिला खेलाडीहरूलाई जिल्ला फुटवल संघका प्रशिक्षकहरूसँग समन्वय गरी पहिलो चरणको जिल्ला छनौट कार्यक्रम सम्पन्न गरी यू–१९/यू–१६ का लागि महिला खेलाडीहरूको नामावली प्रदेश फुटबल संघ र एन्फामा उपलब्ध गराउन सुचनामा मार्फत अनुरोध गरिएको छ ।

मर्मत हुँदैः हेटौँडा उपमहानगरपालिकाको बजारक्षेत्र पारिजातपथमा सडक मर्मत गर्दै मजदुर । उपमहानगरले सडक बोर्डसँगको साझेदारीमा सडक मर्मत गर्न निर्माण कम्पनिसँग सम्झौता गरे पनि कार्यान्वयन हुन सकेको थिए । अहिले व्यवसायीले सडक मर्मतको कार्य सुरु गरेको छ ।