हेटौँडाः जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको आयोजनामा सहकारीको काउण्टरमा काम गर्ने कर्मचारीका लागि तीन दिने तालिम सम्पन्न गरेको छ । तीन दिने तालिम बुधबार सम्पन्न भएको हो । संघमा आवद्ध २४ वटा सदस्य संस्थाका २८ जनाको सहभागिता रहेको थियो । संघका सचिव वीरेन्द्रप्रसाद ढुंगानाको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो ।
तालिममा रुपन्देही जिल्लास्थित जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रमुख प्रशासकीय अधिकृत रणबहादुर थापाले सहजीकरण गर्नुभएको थियो । रुपन्देहीको जनउत्थान बचत तथा ऋण सहकारी संस्था ४१ हजार सेयर सदस्यको भएको ठूलो संस्था हो । संस्थाको अग्रभागमा बसेर धेरैभन्दा धेरै सेयर सदस्यसँग नियमित काम गर्नुपर्ने र नियमित कारोबारका क्रममा हुन सक्ने जोखिमप्रति ध्यान दिएर संघले तालिमको आयोजना गरेको संघकी व्यवस्थापक सुमित्रा वाईबाले जानकारी दिनुभएको छ ।