हेटौंडाः नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश समितिको अध्यक्षमा सिन्धुपाल्चोकका राजेन्द्र श्रेष्ठ चयन हुनुभएको छ । शनिबार बिहान हेटौंडामा सम्पन्न प्रथम अधिवेशनबाट श्रेष्ठ प्रदेश समितिको अध्यक्षमा चयन हुनुभएको हो ।
श्रेष्ठको अध्यक्षतामा ३५ सदस्यीय प्रदेश समिति गठन भएको छ । संगठनको उपाध्यक्षमा काठमाडौंकी सानुमैया खड्का, ललितपुरकी इन्दिरा घिमिरे र नुवाकोटका विष्णुप्रसाद पौडेल चयन हुनुभएको छ । यस्तै, संगठनको महासचिवमा चितवनका पूर्ण पुरी, उपमहासचिवमा काभ्रेकी लक्ष्मी अधिकारी, सचिवमा सिन्धुलीका रुद्रबहादुर खड्का, कोषाध्यक्षमा मकवानपुरकी लक्ष्मी चौलागाई र सहकोषाध्यक्षमा भक्तपुरका रामचन्द्र भट्टराई चयन हुनुभएको छ ।
अधिवेशनबाट प्रदेश समिति सदस्यमा मकवानपुरका सुनिल गौतम, बालकुमार श्रेष्ठ र लक्ष्मी अधिकारी चयन हुनुभएको छ । शुक्रबारदेखि सुरु भएको अधिवेशनमा प्रदेशका १३ जिल्लाबाट करिब ६ सय जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।