हेटौंडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–६, देबनगरमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३२ वर्षीय सुमन बहादुर सुनार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
सुनार मंगलबार साँझ ५ बजेको समयमा घर नजिकै रहेको बकाईनाको रुखबाट घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए । घाइते सुनारलाई उपचारको लागि सरकारी अस्पताल भरतपुर लगिएकोमा उपचारको क्रममा मंगलबार साँझ ६ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।