म्याथ क्लब गठनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः हेटौँडा–८, कमानेस्थित चन्द्रोदय माविका विद्यार्थीको सहभागितामा म्याथ क्लब गठन गरिएको छ । गत शनिबार ४ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीको भेलाले वविरा देवकोटाको अध्यक्षतामा म्याथ क्लब गठन गरिएको हो ।

क्लबको उपाध्यक्षमा आयुष धिताल, सचिवमा रितिका खतिवडा, सहसचिवमा वविता अधिकारी र कोषाध्यक्षमा जीवन परियार चयन हुनुभएको छ । विद्यालयका प्रधानाध्यापक क्लबको संरक्षक रहने तथा ब्रजकिशोर प्रसाद गुप्ता संयोजक रहने बताइएको छ । गणित विषयमा विद्यार्थीको रुचि अभिवृद्धि गर्न, गणितको शिक्षण तथा अभ्यासमा प्रभावकारी व्यवस्थापनमा क्लबलाई महत्वपूर्ण मञ्चको रुपमा विकास गर्ने उद्देश्यले क्लब गठन गरिएको बताइएको छ ।