हेटौंडाः हेटौंडा–७, नागश्वतीस्थित वनदेवी टोल विकास संस्थाको अध्यक्षमा कमला शर्मा बास्तोला चयन हुनु भएको छ । शनिबार भएको संस्थाको १७ औं वार्षिक साधारणसभाबाट शर्माको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको हो ।
संस्थाको उपाध्यक्षमा अम्बिका तिमल्सिना, सचिवमा मन्जु लम्साल, कोषाध्यक्षमा अनिता उप्रेती र सहसचिवमा लक्ष्मी उप्रेती चयन भएका छन् । यस्तै सदस्यहरूमा मिना अधिकारी, सीता त्रिपाठी, इस्ता थापा, लक्ष्मी गौतम र बिपिका गौतम चयन भएका छन् ।
साधारणसभा वनदेवी टोल विकास संस्थाका अध्यक्ष रिना थापाको सभाध्यक्षता तथा हेटौंडा–७ का वडा अध्यक्ष दामोदर गौतमको प्रमुख आतिथ्यमा भएको हो । साधारणसभामा वडा सदस्य श्यामसुन्दर परियार, टोल विकास नगर समन्व्य समितिका उपाध्यक्ष विष्णु ढुंगाना, इच्छादेवि टोल विकास संस्थाका अध्यक्ष युवराज गौतम लगायतको पनि आतिथ्य रहेको थियो ।