हेटौँडाः स्थायी घर हेटौंडा भई हाल अमेरिकामा रहनुभएकी गंगा दाहालले मानवसेवा आश्रमलाई सहयोग गर्नुभएको छ । बुबाआमाको स्मृतिमा नियमित रुपमा जेठ ५ गते आश्रममा भोजन सेवा गराउने गरी आजिवन वार्षिक भोजन सेवा सदस्यता ग्रहण गर्नुहुँदै एक लाख ११ हजार एक सय ११ रुपैयाँ सहयोग गर्नुभएको हो ।
मानवसेवा आश्रमले सोमबार सामाजिक सञ्जालमार्फत दाहालले सहयोग गर्नुभएको जानकारी गराएको छ । दाहालको स्थायी ठेगाना हेटौंडा–१, चौकीटोल हो । मानवसेवा आश्रमले सहयोगीका लागि विभिन्न अवधारणामा सहयोगका लागि आव्हान गर्ने गरेको छ । हेटौँडाबाट सुरु भएको मानवसेवा आश्रमको अभियान देशव्यापी बनेको छ । मानवसेवा आश्रमलाई सरकारी, गैरसरकारी तथा व्यक्तिगतरुपमा पनि सहयोग प्राप्त भइरहेको छ ।