Home मुख्य समाचार अनेम संघ मकवानपुरको अधिवेशन आज हुँदै

अनेम संघ मकवानपुरको अधिवेशन आज हुँदै

हेटौंडाः नेकपा एमाले निकट अखिल नेपाल महिला (अनेम) संघ मकवानपुरको १४ औँ अधिवेशन आज आइतबार हुँदैछ । हेटौंडा–४ स्थित पशुपति सभाहलमा हुने अधिवेशन दिउँसो १२ बजेर ३० मिनेटदेखि सुरु हुँदैछ ।

अनेम संघ हेटौंडा नगर कमिटीका अध्यक्ष रञ्जिता सिलवालका अनुसार अहिले पार्टी कार्यालयबाट र्याली निकालेर अधिवेशन आयोजनास्थलमा पुगेपछि कार्यक्रम सुरु गरिनेछ । हिजो शनिबारदेखि सुरु भएको महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत ¥याली निकाल्न लागिएको उहाँले बताउनुभयो ।

अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । विधान अनुसार ५१ सदस्यीय जिल्ला कमिटी गठन हुने व्यवस्था रहेको उहाँले बताउनुभयो । नयाँ कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ । अधिवेशनमा अनेमसंघकी केन्द्रीय अध्यक्ष टुक्का हमालसहित पार्टीका केन्द्रीय सदस्य, प्रदेश कमिटी र जिल्ला कमिटीका नेताकार्यकर्ताहरुको उपस्थिति रहने जनाएको छ ।

Exit mobile version