हेटौंडाः अनेरास्ववियु बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनबाट लाल बहादुर बुढाथोकी नेतृत्वमा सर्वसम्मत रुपमा ५१ सदस्यीय कमिटी निर्वाचित भएको छ ।
कमिटीको उपाध्यक्षहरुमा युवराज दाहाल, अच्युत उप्रेती र निशा पुडासैनी, सचिवमा प्रकाश कालाखेती, उपसचिवहरुमा प्रशान्त जंग पाण्डे, पवन तामाङ र जिपछिरिङ शेर्पा चयन हुनुभएको छ । यसैगरी कोषाध्यक्षमा अमृत थापा र कार्यालय सचिवमा लक्ष्मण सिलवाल सर्वसम्मत चयन हुनुभएको हो ।
शनिबार अनेरास्ववियु बागमती प्रदेश संयोजक शालिक राम पराजुलीको सभाध्यक्षता तथा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा अधिवेशन सुरु भएको थियो । अधिवेसनमा नेकपा एमालेका स्थायी कमिटीका सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु रामेश्वर राना, जुनेली श्रेष्ठ, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल, मकवानपुरका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ र अनेरास्ववियुको केन्द्रीय सचिव प्रकाश पौडेल लगायत विद्यार्थी संगठनका कार्यकर्ताहरु उपस्थिति रहेको थियो ।











