Home मुख्य समाचार लाल बहादुर बुढाथोकीको नेतृत्वमा अनेरास्ववियु बागमती प्रदेश कमिटी सर्वसम्मत

लाल बहादुर बुढाथोकीको नेतृत्वमा अनेरास्ववियु बागमती प्रदेश कमिटी सर्वसम्मत

हेटौंडाः अनेरास्ववियु बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनबाट लाल बहादुर बुढाथोकी नेतृत्वमा सर्वसम्मत रुपमा ५१ सदस्यीय कमिटी निर्वाचित भएको छ ।

कमिटीको उपाध्यक्षहरुमा युवराज दाहाल, अच्युत उप्रेती र निशा पुडासैनी, सचिवमा प्रकाश कालाखेती, उपसचिवहरुमा प्रशान्त जंग पाण्डे, पवन तामाङ र जिपछिरिङ शेर्पा चयन हुनुभएको छ । यसैगरी कोषाध्यक्षमा अमृत थापा र कार्यालय सचिवमा लक्ष्मण सिलवाल सर्वसम्मत चयन हुनुभएको हो ।

शनिबार अनेरास्ववियु बागमती प्रदेश संयोजक शालिक राम पराजुलीको सभाध्यक्षता तथा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समिक बडालको प्रमुख आतिथ्यतामा अधिवेशन सुरु भएको थियो । अधिवेसनमा नेकपा एमालेका स्थायी कमिटीका सदस्य भानुभक्त ढकाल, केन्द्रीय सदस्यहरु रामेश्वर राना, जुनेली श्रेष्ठ, बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेल, मकवानपुरका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ र अनेरास्ववियुको केन्द्रीय सचिव प्रकाश पौडेल लगायत विद्यार्थी संगठनका कार्यकर्ताहरु उपस्थिति रहेको थियो ।

Exit mobile version