Home खेलकुद रिगल हेटौँडा रिसोर्ट र बागमती सेमीफाइनलमा

रिगल हेटौँडा रिसोर्ट र बागमती सेमीफाइनलमा

फाइल तस्वीर ।

हेटौँडाः हेटौँडामा जारी स्व. सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौँडा च्यालेन्ज कप फुटबल प्रतियोगिता अन्तर्गत रिगल हेटौँडा रिसोर्ट एन्फा मकवानपुर सेमीफाइनलमा प्रवेश गरेको छ ।

हेटौँडा स्पोर्टस् एफसी मुण्डियाल क्लबको आयोजनामा भएको प्रतियोगिताअन्तर्गत शनिबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भएको क्वार्टरफाइनल चरणको खेलमा रिगल हेटौँडाले रिसोर्टले न्यु डाँफे युथ क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो । रिगल हेटौँडाको जितका लागि क्रितम स्याङबोले पहिलो हाफमा र दोस्रो हाफमा १–१ गोल गरेका थिए । यस्तै अनिष महर्जनले दोस्रो हाफमा १ गोल गरे । म्यान अफ द म्याच रिगल हेटौँडा रिसोर्टका क्याप्टेन क्रितम स्याङ्बो घोषित भए ।

शनिबार नै भएको दोस्रो खेलमा अखिल नेपाल खेलकुद महासंघ बागमती गाउँपालिका सेमिफाइनलमा प्रवेश गरेको छ । बागमतीले गोर्खालाई टाइब्रेकरमा ४–२ गोलअन्तरले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । म्यान अफ द म्याच बागमतीका गोलरक्षक सरोज भोलन घोषित भए ।

आइतबार हेटौँडा फुटबल एकेडेमी र रियल स्टार क्लब बीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते हुनेछ । प्रतियोगिताको विजेताले एक लाख ११ हजार एक सय ११ रुपैयाँ तथा उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Exit mobile version