हेटौँडाः हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७ र ८ मा रहेको किरणचोक टोल विकास संस्था र किरणचोक आमा समूहको वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार सामुदायिक भवनमा किरणचोक टोल विकास संस्थाका अध्यक्ष राजु अधिकारीको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो ।
साधारणसभाको अवसरमा टोलका ६८ वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । साधारणसभाकै अवसरमा असल बचतकर्ता, असल ऋणी, पूर्वअध्यक्षहरु, खेलाडी, विद्यार्थी, पत्रकारलाई पनि सम्मान गरिएको छ । आमा समूहकी अध्यक्ष सावित्री अधिकारीले समुदायमा असल अभ्यास गर्नका लागि टोल विकास संस्था र आमा समूहले मिलेर काम गरेको बताउनुभयो । साधारणसभामा ८ नम्बर वडा सदस्य गोरखबहादुर राया, ७ नम्बर वडा सदस्य श्यामसुन्दर परियार, दिनेश राना मगर, हेटौँडा उपमहानगरपालिकाको संघसंस्था समन्वय तथा समुदाय परिचालन शाखाकी प्रमुख गंगा कुमारी चौलागाईको पनि आतिथ्य रहेको थियो ।
साधारणसभाबाट राजु अधिकारीको अध्यक्षमा नयाँ कार्यसमिति चयन भएको छ । अधिकारी चौथो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको हो । टोल विकास संस्थाको उपाध्यक्षमा अर्जुन अर्याल, सचिवमा रोजिता रिमाल, कोषाध्यक्षमा गणेश पराजुली, सहसचिवमा रामप्रसाद देवकोटा चयन हुनुभएको छ । यस्तै सदस्यमा बालकुमारी थापा, रामप्रसाद पौडेल, हुमप्रसाद अधिकारी, सपना स्याङ्बो र लेखनाथ पौडेल चयन हुनुभएको छ ।
यस्तै उर्मिला दाहाल अर्यालको अध्यक्षतामा किरणचोक आमा समूहको नयाँ समिति गठन गरिएको छ । आमा समूहको उपाध्यक्षमा सिर्जना कार्की पौडेल, सचिवमा लक्ष्मी न्यौपाने, कोषाध्यक्षमा सीता चापागाई र सहसचिवमा सावित्री सापकोटा चयन हुनुभएको छ । आमा समूहको सदस्यमा सन्तु सिग्देल, मुना रिमाल, सुदिरा पौडेल, सीता खड्का, पार्वती रिमाल र सुकुमाय थोकर चयन हुनुभएको छ । टोल विकास संस्था र आमा समूहको नवनिर्वाचित समितिको कार्यकाल २ वर्षको हुनेछ ।
