हेटौंडाः मकवानपुरको मनहरी खोलामा डुबेर आज एक जनाको मृत्यु भएको छ । मनहरी–९, ज्यामिरेको खोलामा डुबेर १६ वर्षीय सुनिता सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।

साथिहरुसँग खोलामा नुहाउन जाँदा बगाएको चप्पल समाउन खोज्ने क्रममा खोलाले बगाएर डुबाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।