हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ चकमकेमा एक महिलाको शव फेला परेको छ । गए राति महिलाको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । चकमकेको जंगलमा सडेको अवस्थामा शव भेटिएको तर शवको पहिचान खुल्न नसकेको भिमफेदी प्रहरीले जानकारी दिएको छ ।

शव हेटौंडा अस्पताल ल्याइएको र सनाखत भैरहेको प्रहरीले जानकारी दिएको छ । स्थानियले शवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।