तस्बिरः गुगल ।

हेटौंडाः चितवन जिल्लाको भरतपुर महानगरपालिका–१६, नारायणी नदीमा माछा मार्न गएका एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १८ वर्षीय समीर परियार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

बिहीबार साँझ ५ बजेको समयमा परियार भगेरीथान होटल पछाडी रहेको नारायणी नदीमा माछा मार्न गएका थिए । परियार सम्पर्कमा नआएपछि आफ्न्तले खोजतलास गर्दै जाँदा नदि किनारमा शुक्रबार बिहान ८ बजेर २५ मिनेटको समयमा मृत फेला परेको प्रहरीले जनाएको छ । परियार लामो समयदेखि छारे रोगको बिमारी रहेको र मुचुल्का लगायत प्रारम्भिक कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ ।