हेटौंडाः यही जेठ ३२ गते बागमती प्रदेशसभाको बैठक बस्ने भएको छ । जेठ ३२ गते २ बजेलाई बैठक बस्ने भएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट यही असार १ गते ल्याउने तयारी गरेको छ ।

सोहि अनुसार प्रदेशका मन्त्रालयहरुले बजेट बनाउने कार्य गरिरहेका छन् । बजेट प्रस्तुत हुनु पूर्व जेठ ३२ गतेको बैठकमा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रस्तुत हुने र छलफल हुने जनाइएको छ ।