संघमा आवद्ध शिक्षकहरु सोमबार जिल्ला प्रशासन कार्यालय पुगेर सहयोग रकमको भौचर हस्तान्तरण गर्दै ।

हेटौँडाः शिक्षक संघ मकवानपुरले जाजरकोट भूकम्प पीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा रकम सहयोग गरेको छ । सोमबार मकवानपुरका प्रमुख जिल्ला अधिकारीमार्फत कोषमा ६० हजार एक सय ७० रुपैयाँ सहयोग गरिएको शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेश हुमागाईले जानकारी दिनुभएको छ ।

शिक्षक संघको पहलमा विभिन्न व्यक्तिले भूकम्प पीडितका लागि सहयोग उपलब्ध गराएको हो । भूकम्प पीडितका लागि आनन्दराम पराजुलीले २२ हजार १० रुपैयाँ, ईश्वर पाठकले १८ हजार पाँच सय रुपैयाँ, उत्सव इटेनीले १२ हजार एक सय ४५ रुपैयाँ सहयोग गर्नुभएको छ । यस्तै इन्दिरा न्यौपानेले ११ हजार पाँच सय रुपैयाँ र सुमन भोलनले दुई हजार रुपैयाँ सहयोग गरेको छ । संघमा आवद्ध शिक्षकहरु सोमबार जिल्ला प्रशासन कार्यालय पुगेर सहयोग रकमको भौचर हस्तान्तरण गरेका छन् ।