रक्तदान गर्दौ रत्तदाताहरु फाइल तस्वीर ।

हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडाले कार्तिक महिनामा एक सय ५७ जनाको रक्त संकलन गरिएको छ । रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा भएको विभिन्न रक्तदान कार्यक्रममा १ सय २१ जना र केन्द्रमै पुगेरका ३६ जनाले गरी एक महिनामा १ सय ५७ जनाले रक्तदान गरेका रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो ।

कार्तिक महिनामा जम्मा ४ वटा कार्यक्रम भएको थियो । कार्तिक ४ गते न्यु भिजन गु्रपले आयोजना गरेको कार्यक्रममा २१ जनाले रक्तदान गरेका थिए । यस्तै, कार्तिक १५ गते जेसिआई हेटौंडा लेडीले आयोजना गरेको कार्यक्रममा ११ जना, कार्तिक १८ गते ईन्द्रसरोवर गाउँपालिकामा मितेरी बचत तथा रिन सहकारी संस्थाले आयोजना गरेको कार्यक्रममा ४० जना र कार्तिक २२ मा शिखर ईन्सुरेन्स मकवानपुरले आयोजन गरेको कार्यक्रममा ४९ जनाले रक्तदान गरेका सापकोटाले बताउनुभयो ।

सापकोटाका अनुसार कार्तिकमा चाडपर्व आएका कारणले रक्तदान कार्यक्रम कम भएको हो । “अहिले बिरामीको चाप पहिला भन्दा कम छ”–प्राविधिक सापकोटाले बताउनुभयो, “त्यस कारण अहिले रगतको त्यति समस्या छैन ।” रक्तसञ्चार केन्द्रले कार्तिक महिनामा २ सय ७१ युनिट रगत वितरण गरेको छ भने ४६ युनिट सेतो रगत बनाएको छ ।