गुगल तस्विर ।

हेटौंडाः चितवनमा जिल्लामा एकै दिन ३ जनाको मृत्यु छ । आइतबार २ जनाको सवारी दुर्घटनामा र एक जना मृत फेला परेका बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । चितवनको भरतपुर महानगरपालिका–१३, उजेलीनगरमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोकिदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोेटरसाइकल चालक १९ वर्षीय विवेक अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ ।

आइतबार दिउँसो १ बजेको समयमा ना ६त ४७२८ नम्बरको ट्याक्टर र प्रदेश ३–००२–००९ प ९४९३ नम्बरको मोेटरसाइकल एक आपसमा ठोकिदाँ अधिकारी घाईते भएका थिए । घाइते अधिकारीलाई उपचारको लागि पुरानो मेडिकल कलेज लगिएकोमा आइतबार दिउँसो १ बजेर ३० मिनेटको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यस्तै, चितवनको भरतपुर महानगरपालिका–२९, जुगेडिमा स्कारपिओले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ४० वर्षीया माया गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार बेलुका ७ बजेको समयमा जुगेडि स्थितमा रामनगरबाट मुग्लिन तर्फ जाँदै गरेको बा २० च ४९७ नम्बरको डबल क्याप भएको स्कारपिओले ठक्कर दिँदा गुरुङ घाइते भएकी थिइन । घाइते गुरुङलाई उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिइकोमा उपचारको क्रममा सोमबार बिहान ५ बजेर १७ मिनेटको समयमा उपचारको क्रममा मृत्यु भएको थियो । स्कारपिओ चालक धादिङ जिल्लको थाक्रे गाउँपालिका–६ का ३८ वर्षीय लक्ष्मण रेग्मिलाई प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, चितवनको भरतपुर महानगरपालिका–२९, रातोमाटे खोलामा एक जना भारतिय नागरिक मृत फेला परेका छन् । कोलकत्ता वेष्ट बंगालका ४० वर्षीय मोहमद सफाराज खान रहेको प्रहरीले जानकारी दिएको छ । आइतबार दिउँसो ३ बजेको समयमा ईन्द्रेणी सामुदायिक बनको रातोमाटे खोलामा शव सडि गलिसकेको अवस्थामा फेला परेको थियो । अनुसन्धानका क्रममा शवको नजिकै रहेको ज्याकेटको गोजिमा भारतिय पासपोर्ट आधारमा मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ । मुचुल्का पश्चात शव पोष्टमार्टमको लागि सरकारी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।