हेटौंडाः धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिर स्थित त्रिशुली नदिको खोल्सोमा एक जना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा स्याङ्जा चापाकोट नगरपालिका–७ का ३७ वर्षीय प्रकाश ढकाल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
आइतबार खोल्सोमा ढकाल मृत अवस्थामा फेला परेका थिए । मृतकको आफन्तले सनाखत गरेको साथै मुचुल्का पश्चात अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।