हेटौंडाः नुवाकोट जिल्लाको बिदुर नगरपालिका–७ भैसेँ हेडगेट अगाडी त्रिशुली नदीमा एकजना वृद्धा मृत फेला परेकी छन् ।

मृत फेला पर्नेमा बिदुर नगरपालिका–७ सोलेकी ८० वर्षीषा युउँ कुमारी ढकाल रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ । ढकाल कात्तिक ३० गते घरमा कोही कसैलाई नसोधि निस्केर हिडेकोमा शुक्रबार बिहान ८ बजेको समयमा त्रिशुली नदीको बिचमा शव फेला परेको प्रहरीले जनाएको छ ।