हेटौँडाः हेटौँडा–४, हुप्रचौर सामदान चर्च अगाडिको झाडीमा नवजात शिशु फेला परेको छ । बिहिबार साँझ ६ बजेको समयमा स्थानीयले बच्चा रोएको सुनेपछि हेर्ने क्रममा शालनालसहितको नवजात शिशु भेटिएको हो ।
नवजात शिशु भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानीयले नवजात शिशुको उद्दार गरेर हेटौँडा अस्पताल पुर्याएका छन् । नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने झाडीमा राख्ने क्रममा शरीरको केही भागमा काँडाले कोतरिएको स्थानीय युवराज विमलीले जानकारी दिनुभएको छ ।