हेटौंडाः आगामी मंसिर ५ गतेदेखि सुरु हुने स्वर्गीय सुदर्शन घिमिरे स्मृति यु–२१ हेटौंडा च्यालेन्ज फुटबल प्रतियोगिताका लागि एफसी मुण्डियाललाई नगद सहयोग प्राप्त भएको छ । बिहिबार नियिर अडिटर रमेश गिरी तथा रमेश एण्ड एसोसियट, परिवार हेटौंडाले मुन्डियालका प्रमुख सुविन घिमिरेलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको हो ।
प्रतियोगिताका लागि यस अघि विभिन्न संघसंस्था र व्यक्तिहरुबाट सहयोग प्राप्त भएको छ । यसअघि शान्तिनगर टोल विकास समितिका अध्यक्ष देव बुढाथोकीले १५ हजार रुपैयाँ, नागस्वति भेट्रान्सका अध्यक्ष सोम तितुङले ११ हजार १ सय ११ रुपैयाँ, हाल अष्ट्रेलिया बस्दै आएका पिप्लेका राकेश थापालले १० हजार, पुर्वखेलाडी कमल गौतम खत्रीले १० हजार रुपैयाँ, दि डोर्स रेष्टुरेन्ट पिप्लेका अध्यक्ष सञ्चालक आषिश गौतम र पिप्ले घर भइ हाल बेलायत रहेका सागर ढुङ्गेलले ५ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो । यस्तै न्यु कम्बाइन क्लबका अध्यक्ष सचिन राई र पोल्ट्री व्यवसायी रुपक चौलागाईले ५–५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।
मंसिर ५ गतेबाट हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा आयोजना हुने प्रतियोगिताको फाइनल खेल मंसिर १३ गते हुनेछ । प्रतियोगितामा १४ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमलेले एक लाख ११ हजार एक सय ११ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले नगद ५५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।