उद्घाटन कार्यक्रममा राखिएको रनिङ सिल्ड ।

हेटौँडाः मकवानपुरको थाहा नगरपालिका–२ मा विनय बाबु स्मृति रनिङ शिल्ड नकआउट पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन विनय बाबु स्मृति क्लबका अध्यक्ष शंकर कार्कीको सभाध्यक्षतामा तथा बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो ।

थाहा नगरपालिका–२ स्थित थानाबजारमा रहेको भलिबल कोर्टमा भएको पहिलो खेलमा आमभञ्ज्याङ युवा क्लबले मकवानपुरगढी गाउँपालिकालाई ३–० को सोझो सेटले पराजित गरेको छ । दोस्रो खेलमा किङ्ग ब्रदर्स सोल्टुले सेभेन स्टार्स आग्रालाई ३–१ को सोझो सेटले पराजित गरेको छ । तेस्रो खेलमा उनिउ आग्रालाई छहारी युवा क्लबले ३–० को सोझो सेटले पराजित गरेको छ । चौथो खेलमा विनय बाबु स्मृति क्लब बी ले ए एम वाईसिलाई ३–१ को सेटले पराजित गरेको छ । पाचौँ खेलमा थाहा नगरपालिका–१० लाई चित्लाङ राइजिङ स्टारले ३–० को सोझो सेटले पराजित गरेको छ ।

छैठौँ खेलमा बिवाईसी क्लबले ३ स्टार क्लबलाई ३–१ को सेटले पराजित गरेको छ । सातौं खेलमा थाहा नगरपालिका–५ ले सशक्तलाई ३–२ को सेटले हराएको छ । आठौँ खेलमा मंगलेश्वरले थाहा–५ लाई ३–१ को सेटले पराजित गरेको छ । प्रतियोगिताको उपाधि विजेता टिमले ५५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २८ हजार ८ सय २८ रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाण प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँ र विधागत खेलाडीहरुले २ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।