मैत्रीपूर्ण खेलपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः जिल्ला क्रिकेट संघका पदाधिकारी तथा पूर्वपदाधिकारी सम्मिलित मकवानपुर र पर्सा जिल्लाबीच भएको मैत्रीपूर्ण क्रिकेटमा पर्सा जिल्ला विजयी भएको छ । मकवानपुर जिल्ला क्रिकेट संघको आयोजनामा भएको मैत्रीपूर्ण क्रिकेटमा पर्सा जिल्ला विजयी भएको हो । शनिबार हेटौँडा–४ स्थित हुप्रचौरमा भएको खेलमा पर्साले मकवानपुरलाई ८३ रनले पराजित गरेको हो ।

टस जितेर पहिले व्याटिङमा उत्रिएको पर्साले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनायो । जवाफी व्याटिङमा उत्रिएको मकवानपुुरले २० ओभरमा सबै विकेट गुमाएर ११५ रन मात्र जोडन सफल भयो । पर्साको तर्फबाट राजिव श्रेष्ठले र मुसरफ इजहारले समान ५०–५० रन बनाएका थिए । सयद अली मन्सुरीले १७ रन प्रकाश शर्माले २० रन बनाउन सफल भए । मनिष सिंहले १२ रन बनाएका थिए ।

मकवानपुरको तर्फबाट सन्जोग पोखरेलले ३६ रन, दिपेन्द्र ढकालले २५ रन, बिनोद कुमार बानियाँले १० रन र प्रेम बहादुर क्षेत्रीले ११ रन बनाएका थिए । यस्तै करन महत्रा क्षेत्रीले ४ रन र धिरज श्रेष्ठले १० रन बनाएर आउट भएका थिए ।