हेटौंडाः जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबार बिहान १२ वटा मासु पसलको अनुगमन गरेको छ । अनुगमनको क्रममा पसलमा कुनै समस्या नदेखिएको र सरसफाई गर्न पसलवालाई निर्देशन दिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईले जानकारी दिनुभयो ।
चार्डपर्व लागेसँगै सम्बन्धित निकायले सर्वसाधारण मारमा नपरुन्, उपभोक्ताले गुणस्तरीय सामान प्राप्त गरुन् भनेर ४ दिनदेखि बजार अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी चापागाईले बताउनुभयो । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चापागाईको नेतृत्वमा भएको अनुगमनमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुर, घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर, हेटौडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय मकवानपुर, मकवानपुर उद्योग वाणिज्य संघ, उपभोक्ता हित संरक्षण मञ्चको प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।