सांकेतिक तस्वीर ।

हेटौंडाः चितवन जिल्लाको राप्ती नगरपालिका–१, लोथरमा प्रहरीले २८ तोला सुनसहित २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चालक सङ्खुवासभा जिल्लाको बाह्रबिसे गाउँपालिका–८ का ४३ वर्षीय कमल अधिकारी र सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–३ का ४३ वर्षीय दिल बहादुर थापा रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

मंगलबार दिउँसो ४ बजेर ५० मिनेटको समयमा प्रहरी टोलीले सुचनाको आधारमा हेटौँडाबाट चितवन जाँदै गरेको बा प्र ०२–०३९ प ७५३२ नम्बरको स्कुटरलाई सुरक्षाजाँच गर्दा उनीहरुको साथबाट थापाले बोकेको झोलाबाट सुन १० ग्रामको बिस्कुट आकारको ३३ थान (३३० ग्राम) २८ तोला बरामद गरेको थियो । सुनसहित दुवैजनालाई नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाएको प्रहरीले जनाएको छ ।