हेटौँडाः मकवानपुर प्रहरीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा–१५, चुरियामाईबाट लागुऔषध ओनरेक्ससहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारी गान्धिनगर–८ का १७ वर्षीय विकास कुमार र पर्सा जिल्लाको बीरगंज मेडिकल कलेजका १६ वर्षीय दिलजान रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
मंगलबार प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले पथलैयाबाट हेटौंडा आउँदै गरेको भारतीय नम्बर बीआर ०६ एम ८५०७ नम्बर मोटरसाइकललाई सुरक्षाजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध ओनरेक्स ४५ बोतल बरामद गरेको थियो । लागुऔषध ओनरेक्ससहित दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखिएको प्रहरीले जनाएको छ ।