सांकेतिक तस्विर ।

हेटौंडाः चितवनको राप्ती नगरपालिका–१ स्थित लोथर चेकपोष्टबाट प्रहरीले १० लाख रुपैयाँसहित मिनि कन्टेनर र चालकलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

मंगलबार लोथरबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट बुटवल जाँदै गरेको लु १ क १९७९ नम्बरको खाली मिनि कन्टेनरको सुरक्षाजाँच गर्दा शंकास्पद रुपमा ल्याएको १० लाख ८० हजार रुपैयाँ बरामद गरेको जनाएको छ । चालक र कन्टेनर नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरीले जनाकारी दिएको छ ।