रक्तदान गर्दै रक्तदाता ।

हेटौँडाः जेसीआई हेटौँडा लेडीको आयोजनामा बुधबार बिहान रक्तदान कार्यक्रम भएको छ । जेसीज सप्ताहको पहिलो कार्यक्रमको रुपमा बुधबार बिहान रक्तसञ्चार केन्द्र हेटौँडामै पुगेर आयोजना गरिएको कार्यक्रममा ११ जनाले रक्तदान गरेका छन् ।

अहिले डेंगुका विरामीका कारण रगतको माग बढेको रक्तसञ्चार केन्द्र हेटौँडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभएको छ । यसअघि कात्तिक ४ गते न्यू भिजन ग्रुपले हेटौँडा–३, बसामाडीमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो । बसामाडीमा २० जनाले रक्तदान गरेका थिए । आगामी शनिबार ईन्द्रसरोवर गाउँपालिकास्थित नेपाल रेडक्रस सोसाइटी फाखेल उपशाखाले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तसञ्चार केन्द्रमा अहिले रगतको माग र आपूर्ति सन्तुलित अवस्थामै रहेको प्राविधिक सापकोटाले जानकारी दिनुभएको छ ।