हेटौंडाः लकडाउनका बेला व्यवसाय बन्द गर्न मोवाइल एसोसिएसन मकवानपुरले व्यवसायीलाई आव्हान गरेको छ । बिहान ९ बजेसम्म बजार खुला राख्न स्थानीय प्रशासनले सहमति गरेको अवस्थामा व्यवसायीले दिउँसो पनि मोवाईल पसल खुला राखेको समाचारले संघको ध्यानाकर्षण भएको भन्दै व्यवसायीलाई जिम्मेवार हुन र स्थानीय प्रशासनसँगको सहमतिअनुसार काम गर्न आग्रह गरेको छ ।
लकडाउनका बेला व्यवसाय खुला राखेर स्थानीय प्रशासनले कारवाही गरे संघले कुनै किसिमको जिम्मेवारी नलिने पनि स्पष्ट पारेको छ । मकवानपुर मोवाइल एसोसिएसनका अध्यक्ष एसिस रिजालले आज एक विज्ञप्ति जारी गर्दै व्यवसायीलाई बिहान ९ बजेपछि पसल बन्द गर्न आग्रह गर्नुभएको छ ।