नियमित पत्रकार सम्मेलनमा बोल्नुहुँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा ।

हेटौंडाः नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण देखापरेको छ । शुक्रबार भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्यम मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपालमा कुल २ हजार ९ सय १२ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गर्नुभयो । संक्रमित मध्ये हालसम्म ३ सय ३३ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् भने ११ जनाको कोरोनाका कारण ज्यान गएको छ ।
हालसम्म प्रदेश–१, को १२ जिल्लामा २४२ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै प्रदेश–२ का ८ जिल्लाका ९ सय ९३ जनामा, बागमती प्रदेशका १२ जिल्लाका ८५ जनामा, गण्डकी प्रदेशको ९ जिल्लाका ५७ जनामा, प्रदेश ५ का ११ जिल्लाका ९६५ जनामा, कर्णाली प्रदेशको ७ जिल्लाका ४ सय ७९ र सुदुरपश्चिम प्रदेशको ९ जिल्लाका ९१ जनामा कोरोनाको संक्रमण देखापरको छ । हालसम्म ७७ जिल्लामध्ये ६८ जिल्लाको कोरोनाको प्रभाव परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।