Home अर्थ/व्यापार हेटौंडाका हेपाहा व्यापारी, मोबाइल पसल दिउँसो पनि खुला, अब पुरै बन्द गराउँछुः...

हेटौंडाका हेपाहा व्यापारी, मोबाइल पसल दिउँसो पनि खुला, अब पुरै बन्द गराउँछुः प्रजिअ

हेटौंडा–४, स्कूलरोडमा आज दिउँसो खुल्ला रहेको मोवाइल पसल ।

हेटौंडाः कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्न भनेर सरकारले लकडाउनको घोषणा गरेको छ । लकडाउन घोषणाले सरकारदेखि आम नागरिक प्रभावित छ । अढाई महिनाभन्दा बढी समयदेखि लकडाउन जारी रहेको भन्दै अत्यावश्यक वस्तु वा सेवा क्षेत्र मात्रै सुचारु राख्ने संघीय सरकारको निर्णय छ । तर, व्यवसायीलाई निक्कै मर्का पर्यो, गाह्रो भयो भनिएपछि स्थानीय प्रशासनले अत्यन्त जोखिम मोलेर, आम नागरिकको विरोध सहेर भए पनि अनौपचारिक रुपमा बिहानको समयमा सबैखाले पसल सुचारु गर्न सहमति जनाएको छ ।

विरोध र जोखिमका बाबजुद बिहानका लागि मात्रै पसल सुचारु गर्न भने पनि व्यापारीले स्थानीय प्रशासनलाई हेपेर दिनभर मोवाइल पसल खुला राखेका छन् । हेटौंडा–४, स्कूलरोडस्थित न्यू राहुल मोवाइल, मास्टर मोवाइल, नमस्ते मोवाइल सेन्टर, हेटौंडा–४, पारिजातपथस्थित सामसङको बोर्ड भएको मोवाइल पसल पनि खुला छ ।

मोवाइल एसोसिएसन मकवानपुरका अध्यक्ष एसिस रिजालले व्यवसायी साथीहरुलाई भने पनि नमानेको बताउनुभयो । मकवानपुर प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले भने प्रहरीलाई भनेर तुरुन्त बन्द गराउने बताउनुभएको छ ।

Exit mobile version