गुगल तस्विर ।

हेटौंडाः सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–१, आँपघारीमा धानको बोराले थिचेर एक वृद्घ महिलाको मृत्यु भएको छ । मृत्युहुनेमा आँपघारीकी ७२ वर्षीया पदममाया नेपाल रहेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।

घरमा एक्लै बस्दै आएकी नेपाल ढुङ्गा माटोले बनेको कच्ची २ तले घरको कोठाको भुईँमा धान राखेको ६ वटा बोराले थिचिएको अवस्थामा शनिबार राती १२ बजे मृत फेला परेकी थिइन् । नेपालका ५ जना छोराहरू रहेकोमा सबै काठमाडौ बस्दै आएकोमा १८ गतेबाट फोन सम्पर्कमा नआएपछि छोराहरु घरमा आएपश्चात मृत्युभएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ ।