फाइल तस्वीर ।

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकामा भएको निःशुल्क आँखा जाँचमा १ सय ११ जनाको निःशुल्क जाँच गरिएको छ । मंगलबार कैलाश गाउँपालिका–५, गोगने स्वास्थ्य चौकीमा भएको शिविरमा महिला ५१ र पुरुष ६० जनाको आँखा जाँच गरिएको हो ।

हेटौँडा सामुदायिक आँखा अस्पताल, तिलगंगा सामुदायिक आँखा केन्द्र र कैलाश गाउँपालिकाको आयोजनामा भएको आँखा शिविरमा ११ जनाको आँखामा मोतिविन्दुको समस्या देखिएको छ । शिविरमा कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मोक्तानको प्रमुख आतिथ्य रहेको थियो भने कैलाश गाउँपालिका ५ का वडा अध्यक्ष छेकु लामाको अध्यक्षता थियो ।

निःशुल्क आँखा शिविरमा हेटौँडा सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोग रहेको गोलेले बताउनुभयो । मोतिविन्दु देखिएका बिरामीहरुको बिहीबार तिलगंगा सामुदायिक आँखा केन्द्र पालुङमा निःशुल्क शल्यक्रिया हुने भएको छ ।