फाइल तस्वीर ।

हेटौँडाः मकवानपुरगढीमा गाउँपालिकास्तरीय रनिङ शिल्ड फुटसल प्रतियोगिता हुने भएको छ । मकवानपुरगढी–३ स्थित भानु मिनीपिचमा गढी स्टार क्लबको आयोजना तथा मकवानपुरगढी गाउँपालिकाको आर्थिक सहयोगमा छैठौं संस्करणको गाउँपालिकास्तरीय रनिङ शिल्ड फुटसल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता आगामी असोज २९ गतेबाट सुरु हुने गढी स्टार क्लबका अध्यक्ष राजकुमार दुलालले जानकारी दिनुभयो । विजयादशमी तथा दीपावलीको अवसर पारेर क्लबले विगत ५ वर्षदेखि प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । प्रतियोगितामा गढी गाउँपालिकाभित्र बसोबास गर्ने खेलाडी मात्र सहभागी हुन पाउँछन् । प्रतियोगितामा गढी गाउँपालिकाभित्रका २४ वटा टिमहरु सहभागी हुने अध्यक्ष दुलालले जानकारी दिनुभयो ।

प्रतियोगितामा ४ लाख ५० हजार खर्च लाग्ने आयोजकले जानकारी दिएको छ । गाउँपालिकाले ३ लाख सहयोग गरेको र १ लाख ५० हजार क्लबले व्यहोर्ने क्लब अध्यक्ष दुलालले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमले क्रमशः ७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पुरस्कारसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।