सांकेतिक तस्विर ।

हेटौंडाः धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारमा बस र मोटरसाइकल ठोकिंदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ३३ वर्षीय राजेश गिरी रहेको प्रहरीले जनाएको छ ।

बुधबार राती १० बजेको समयमा काठमाण्डौबाट बर्दिया जाँदै गरेको भे १ ख ४०४९ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको बा प्र ०२–०४० प ५०८० नम्बरको मोटरसाइकल ठोकिंदा गिरी गम्भिर घाइते भएका थिए । घाइते गिरीलाई उपचारका लागि बिएण्डबि हस्पिटल काठमाण्डौ लगिएकोमा उपचारको क्रममा बिहिबार बिहान ४ बजेको समयमा डाक्टरले मृत घोषण गरेको प्रहरीले जनाएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।