Home खेलकुद हेटौँडामा साइकल रन हुँदै, विजेताले ५० हजार पाउने

हेटौँडामा साइकल रन हुँदै, विजेताले ५० हजार पाउने

फाइल तस्वीर ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा मकवानपुर जिल्ला साईक्लिङ्ग संघ समन्वयमा दोस्रो संस्करणको साइकल रन प्रतियोगिता हुने भएको छ । दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर यही असोज २७ गते शनिबार प्रतियोगिता सञ्चालन गर्न लागिएको छ ।

२५ किलोमिटरको दूरी पार गर्नुपर्ने प्रतियोगितामा १६ वर्ष पूरा भई ६० वर्षसम्मका मकवानपुर जिल्लाका स्थायीवासी नेपाली नागरिकले सहभागिता जनाउन पाउने छन् । प्रतियोगिता बिहान ७ बजे हेटौंडा–४ हुप्रचौरबाट सुरु हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ र तृतीय हुनेलाई २० हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै प्रोत्साहन पुरस्कार स्वरुप दुई जनालाई १०–१० हजार रुपैयाँ प्रदान गरिने मकवानपुर जिल्ला साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठले जानकारी दिनुभएको छ ।

Exit mobile version