Home मुख्य समाचार खुला चित्रकलामा नवीन प्रथम

खुला चित्रकलामा नवीन प्रथम

चित्रकला प्रतियोगिताको क्रममा खिचिएको तस्वीर ।

हेटौँडा : खुला चित्रकला प्रतियोगितामा नवीन राई प्रथम भएका छन् । शुक्रबार हेटौँडामा सम्पन्न दोस्रो संस्करणको प्रतियोगितामा राई प्रथम भएका हुन् ।

रोट्र्याक्ट क्लब अफ हेटौँडा र रोटरी क्लब अफ हेटौँडाको संयुक्त आयोजनामा चित्रकला प्रतियोगिता भएको हो । प्रतियोगितामा प्रथम स्थान हासिल गरेका नवीनले ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । यसैगरी दोस्रो र तेस्रो स्थान हासिल गरेका राघव राई र सबिना राईले क्रमशः ५ हजार र २ हजार रुपैयाँ प्राप्त गरेका छन् । प्रतियोगितामा विद्यालयस्तरका उत्कृष्ट पाँच जना सहभागीहरूलाई हेटौँडा–४, पारिजातपथस्थित आर्ट ल्याबको तर्फबाट सान्त्वना पुरस्कार स्वरुप ५ सय रुपैयाँ बराबरको सामग्री खरिद कुपन प्रदान गरिएको छ । सान्त्वना पुरस्कार प्राप्त गर्नेहरूमा सन्दिप घलेन, विधान पकुवाल, साजु यादव, जी बिक्रम र अभिषेक बानियाँ रहेका छन् ।

रोटरी क्लब अफ हेटौँडाका अध्यक्ष प्रमेश प्रधानले पुरस्कार वितरण गर्नुभएको थियो । हेटौँडा–५ स्थित रिगल हेटौँडा रिसोर्टमा भएको प्रतियोगितामा २९ जनाको सहभागिता रहेको थियो । कार्यक्रममो अध्यक्षता गर्नुभएका रोट्रयाक क्लब अफ हेटौँडाका अध्यक्ष केशर श्रेष्ठले प्रतियोगितालाई अगामी दिनमा पनि निरन्तरता दिने बताउनुभयो ।

Exit mobile version